चुनावका लागि ५० हजारभन्दा बढी प्रहरी सुरक्षा खटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २३ कार्तिक । विभिन्न जिल्लाका सुरक्षा समितिले अति संवेदनशील भनेका स्थानलाई विशेष ध्यान दिंदै निर्वाचन सुरक्षा रणनीति तय गरिएको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्। सुरक्षा जोखिमलाई ध्यान दिँदै चुनाव हुने जिल्लाहरुलाई वर्गिकरण गरिएको र सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयले जनाएको छ।

खासगरि तराईका कतिपय जिल्लामा कैयौँ मतदानस्थललाई अति संवेदनशील भनी वर्गिकरण गरिएको छ। अन्य स्थानहरुमा पनि अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन किसिमले मतदान स्थलको वर्गिकरण गरिएको बताइएको छ। निर्वाचनको पहिलो घेरा सम्हाल्ने नेपाल प्रहरीले कुल प्रहरीको ७० प्रतिशत अर्थात झन्डै ५० हजार वढी प्रहरी सुरक्षा मैदानमा खटिसकेको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले बताए।

उनले भने, – ‘अहिले दुवै चरणको निर्वाचनको लागि विभिन्न स्थानमा आमसभा भइरहेको छ। उम्मेदवारहरु घरदैलो कार्यक्रम गरिरहेका छन्। त्यसमा सबै सुरक्षाकर्मीहरु खटिरहेका छन्।’ निर्वाचनको प्रचार चलिरहेका बेला केही स्थानमा साना हतियार फेला परेका छन्।
आश्वस्त

तर सुरक्षामा कुनै समस्या नभएको गृह मन्त्रालयका प्रवक्ता नारायण दुवाडीले बताए। उनले उम्मेदवारदेखि डेढ करोड बढी मतदाताहरुको सुरक्षा व्यवस्था गरिएको बताउँदै भने, ‘विगतको निर्वाचनको अनुभव र सुरक्षा चुनौतीहरुको आधारमा ती क्षेत्रहरु वर्गिकरण गरिएको छ।

ती वर्गिकरण गरिएको क्षेत्रमा सुरक्षा व्यवस्था परिचालन तीन वटै क्षेत्रमा उही भएपनि त्यसमा सुरक्षाकर्मीको संख्या र परिचालन चाँहि फरक हुन्छ।  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै म्यादी प्रहरी गरी आगामी निर्वाचनमा लगभग ३ लाख सुरक्षाकर्मी खटिने बताइएको छ।

गत स्थानीय तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोले जनताले चुनाव रुचाएको ठान्दै सुरक्षा निकायहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि शान्तिपूर्णै हुने विश्वासमा देखिन्छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);