लिम्बुवानका छथर कमाण्डर नेपाली कांग्रेसमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

तेह्रथुम, २३ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका छथर कमाण्डर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दश वर्षदेखि लिम्बुवान आन्दोलनमा होमिएका मन्चका पुर्वजिल्ला कार्यसमिति सदस्य तथा छथर कमाण्डर निरविन्दु थोक्लेन कांग्रेस प्रवेश गरेका हुन्।

थोक्लेनलाई नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानाले पार्टीमा स्वागत गरेका छन्। उनले नयाँ संविधान जारी भएसँगै संघीयता कार्यान्वयन हुनेक्रममा रहेको र स्थानीय चुनावले पहिचानको आन्दोलनलाई सफल बनाउन थप सहयोग पुगेको भन्दै कांग्रेस प्रवेश गरेको बताए।

थोक्लेनलाई मन्चले छथर गाउँपालिका–४ मा वडाध्यक्षमा उम्मेदवार बनाएको थियो । सो कार्यक्रममा बोल्दै ढुंगानाले लोकतन्त्रको रक्षाका निम्ति आम न्यायप्रेमी जनताहरुबीच एकताको खाँचो रहेको बताए। ओख्रेमा भएको कार्यक्रममा जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, तरुण दल जिल्ला सभापति विपीन निङ्लेकु लगायत नेताहरुले आ-आफ्नो भनाइ राखेका थिए।