अर्घाखाँचीमा नेकपा परित्याग गर्नेहरुको लहर, शनिवार मात्रै २ सय २७ जना कांग्रेसमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अर्घाखाँचीमा नेकपा परित्याग गर्नेहरुको लहर, शनिवार मात्रै २ सय २७ जना कांग्रेसमा प्रवेश

बिष्णु खनाल
अर्घाखाँची, ४ माघ ।
नेपाली कांग्रेसले शनिवार जिल्लाका ६ वटै स्थानीय तहमा सरकारको असंवैधानिक कदमको विरुद्ध गरेको विरोध सभा कार्यक्रममा २ सय २७ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपा परित्याग गरी शितगंगा नगरपालिकाबाट ९७ जना, मालारानी गाउँपालिकाबाट ७७ जना, पाणिनी गाउँपालिकामा ३३ जना, र भुमिकास्थान नगरपालिकाबाट २० जना गरी २ सय २७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुले नेकपा सरकारले जनताको हितमा काम गर्न नसकेकाले कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

सरकारले लोकतन्त्र माथी नै प्रहार गरेर विघटन गरेको प्रतिनिधि सभाको पुनस्र्थापनाको माग गर्दै कांग्रेसले अर्घाखाँचीका ६ वटै स्थानीय तहको मुकाममा सरकार विरुद्ध प्रदर्शन गरेको हो । जिल्लाका ६ वटै स्थानीय तहको मुकाममा गरिएको विरोध कार्यक्रममा कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सन्धिखर्क नगरपालिकाको सन्धिखर्क, शितगंगा नगरपालिकाको ठाडा, भुमिकास्थान नगरपालिकाको ठाडा, पाणिनि गाउँपाकिलाको दुर्गाफाट, मालारानी गाउँपालिकाको खनदह र छत्रदेव गाउँपालिकाको राशिपमा सरकार विरुद्ध चर्का नाराबाजी सहित विरोध प्रदर्शन गरेका थिए ।

विरोध सभामा बोल्ने वक्ताहरुले लामो संघर्षपछि प्राप्त भएको लोकतन्त्र नै समाप्त पार्ने खेलमा ओली सरकार लागेका कारण लोकतन्त्र बचाउन कांग्रेसले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताएका छन् ।

सन्धिखर्कमा भएको कार्यक्रमलाई पुर्व जिल्ला पाटी सभापति तथा जिल्ला समन्वय प्रमुख पिताम्वर शर्मा, जिल्ला सचिव छविलाल पौडेल, शितगंगामा जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान), महासमिति सदस्य तथा शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी, मालारानीमा नेविसंघ महामन्त्री बलदेव तिमिल्सिना, लुम्विनी प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्री लगायतले सम्बोधन गरेका थिए ।

पाणिनिमा जिल्ला कोषाध्यक्ष कृष्ण बहादुर ज्ञवाली, महासमिति सदस्य यादव घिमिरे, क्षेत्रीय सभापति तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, छत्रदेवमा भएको कार्यक्रममा जिल्ला उपसभापति शान्ता भण्डारी, महाधिबेशन प्रतिनिधि तथा जिल्ला सदस्य कृष्ण प्रसाद खनाल र भुमिकास्थान नगरपालिकामा भएको कार्यक्रममा जिल्ला सचिव बिष्णु प्रसाद भुसाल लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);