नेकपा परित्याग गरि ६ सय ६३ जना नेपाली कांग्रेसमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा परित्याग गरि ६ सय ६३ जना नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी, ४ कार्तिक । मध्यबिन्दु नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि मंगलबार ६६३ जना नेपाली काङ्ग्रेस प्रवेश गरेका छ्न ।

नेपाली कांग्रेस मध्यविन्दु नगरपालिका वडा नं १० ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनिहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

उनिहरुलाई नेपाली कांग्रेसमा प्रबेश गराउदै कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछानेले भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई राज्यका महत्वपूर्ण पदमा नियुक्त गरेर वर्तमान सरकार भ्रष्टाचारिलाई पुरस्कृत गर्न व्यस्त रहेको आरोप लगाएका छ्न ।

लामिछानेले कोभिडका बिरामीलाई सरकारले उपचार गर्न सक्दिन भनेर जनता सँग कर माग्ने नैतिक आधार गुमाएको आरोप समेत लगाउनु भयो । यस्तै कार्यक्रमका विशेष अतिथी नेपाली कांग्रेस नवलपुरका नेता विष्णु कुमार कार्कीले सरकार कमिसनको चङ्गुल र संस्थागत भ्रष्टाचारमा रमाएको भन्दै सरकार हरेक क्षेत्रमा पुर्ण रुपमा असफल भएको जिकिर गरनु भयो ।

त्यसै गरि कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरेले सरकार विकास र जनताको पक्षमा काम गर्न छोडेर कात्रोमा पनि कमिसन खान लागिपरेको आरोप लगानु भयो ।

नेपाली काङ्ग्रेस मध्यविन्दु१० का वडा सभापति अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रबेश गरेका नवप्रवेशीहरुले दुईतिहाईको सरकारले जनताका न्युनतम आवश्यकता पनि पूरा गर्न नसकेकाले नेकपा परित्याग गरि नेपाली काङ्ग्रेस रोजेको बताउनु भयो ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवं नेपाली कांग्रेसका महासमिति सदस्य चन्द्रबहादुर राना, महासमिति सदस्य भरत भुसाल, तरुण दल नवलपुरका सभापति सुर्य गुरुङ , नेपाल महिला संघ नवलपरासीकि उपसभापति बिमला सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);