पूर्वराजदूत उपाध्यायसहित कपिलवस्तुमा नेपाली कांग्रेसले टुंगो लगायो उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाण्डौँ, १३ कार्तिक । प्रतिनिधिसभा सदस्यका लागि कपिलवस्तु जिल्लामा नेपाली कांग्रेसले उम्मेदवारहरुको टुंगो लगाएको छ ।

भारतका लागि पूर्व राजदूत समेत रहेका दिपकुमार उपाध्याय जिल्लाको क्षेत्र नं. १ बाट, क्षेत्र नं. २ बाट निर्वतमान सांसद सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ बाट निर्वतमान सांसद अभिषेक प्रताप शाह उम्मेदवार बन्ने निर्णय भएको छ ।

उम्मेदवार निर्वतमान सांसद अभिषेक प्रताप शाह संघीय समाजवादी फोरम परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सदस्य प्रकाश घिमिरेले दिएको जानकारी अनुसार क्षेत्र नं. १ मा निर्वतमान सांसद कतहर कमालको आफू उम्मेदवार हुने दाबी रहे पनि पार्टी उच्च तहले निर्वतमान सांसद कमाललाई प्रतिनिधिसभा सदस्य पदमा समानुपातिकतर्फ समावेश गराएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);