सुदूरपश्चिमवासीलाई मसँग झगडा गर्ने अधिकार छ : प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाण्डौँ, २९ कार्तिक । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सुदूरपश्चिमवासीकै सहयोगमा चार-चार पटक प्रधानमन्त्री भएकाले, आफूसँग झगडा गर्ने, लड्ने अधिकार र हक सुदूरपश्चिमवासीलाई रहेको बताएका छन् ।

आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताउँदै देउवाले भने – ‘म सुदूरपश्चिमकै बासिन्दा भएकाले मेरो हात बलियो बनाउन सहयोग गर्नुहोस।’

कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा बुधबार आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिष्ट व्यवस्थामा यो अधिकार नहुने बताए ।

प्रधानमन्त्री देउवाले कर्णाली नदीमा बनेको पुलका साथै पूर्व पश्चिम राजमार्गको चिसापानी महेन्द्रनगर सडक खण्डमा २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको उल्लेख गरे ।

कैलाली क्षेत्र नं। १ बाट काँग्रेसकी प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वरी न्यौपानेले हरेक आन्दोलनको सफल नेतृत्व गरेको काँग्रेसबाट मात्र देशको विकास र समृद्धि सम्भव रहेको धारणा व्यक्त गरिन् । क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका मोहनसिंह राठौरले लोकतान्त्रिक गठबन्धन बनेसँगै आफूहरुको विजय सुनिश्चित भइसकेको बताए ।

एमालेका निवर्तमान सांसद एवं पूर्वमन्त्री समेत रहेका राठौर टिकट वितरणका क्रममा तीन हप्ताअघि मात्र काँग्रेसमा प्रवेश गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);