प्रधानमन्त्री देउवाले नेपाल र नेपालीको घोर अपमान गरे : वामदेव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाले नेपाल र नेपालीको घोर अपमान गरे : वामदेव

काठमाडौं, १० भदौ ।  नेकपा एमालेका कार्यवहाक अध्यक्ष वामदेव गौतमले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वभौम अधिकार सम्पन्न नेपाल र नेपालीको घोर अपमान गरेको आरोप लगाएका छन् ।

 

राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै कार्यवहाक अध्यक्ष गौतमले संविधान संशोधनमा प्रधानमन्त्रीले भारतसमक्ष गरेको प्रतिवद्धताले नेपाल, नेपाली र सार्वभौम अधिकार संम्पन्न संसदको अपमान भएको बताए ।

 

संविधान संशोधन प्रस्ताव नेपाल र नेपालीको एकता तथा स्वतन्त्रता विरुद्ध भएकाले संसदले असफल बनाएको संविधानलाई आफ्नो व्यक्तिगत अधिकार जसरी प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदी समक्ष संशोधन गर्ने आश्वासन दिएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

 

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा गरेका सम्झौता पनि नेपाल र नेपालीको हित विपरित भएको उनले टिप्पणी गरे । कार्यवाहक अध्यक्ष गौतमले औपचारिक भ्रमणमा पनि अनौपचारिक रुपमा भारतीय पक्षबाट वामअप भएको भन्दै भारतले लतार्ने र प्रधानमन्त्री देउवा लतारिने गरेको टिप्पणी गरे । प्रधानमन्त्री देउवा अहिले भारतको राजकिय भ्रमणमा छन् । यही ७ गते त्यसतर्फ गएका देउवा आईतबार स्वदेश फर्कने कार्यतालिका छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);