सबैलाई स्विकार्य हुनेगरी संविधान संशोधन गर्ने देउवाको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

सबैलाई स्विकार्य हुनेगरी संविधान संशोधन गर्ने देउवाको प्रतिवद्धता

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमै सबैलाई स्विकार्य हुनेगरी संविधान संशोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले सबैलाई स्विकार्य हुने गरी संविधान संशोधन गर्ने बचन दिएका छन् ।

 

प्रधानमन्त्री देउवाले दुई तिहाई बहुमत नपुगेका कारण संविधान संशोधन विधेयक फेल भएको बताए । उनले संविधान संशोधन विधेयक पारित नभएपनि राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

 

प्रधानमन्त्री देउवाले नेपाल–भारतबीचको सम्बन्ध अझै विस्तार हुँदै जाने विश्वास व्यक्त गरे । उनले दुई मुलुकबीच विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता औल्याए ।

 

प्रधानमन्त्री देउवाले लोकतन्त्र र विकास दुवै देशको चाहना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न नेपाल सधैं लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विगतमा अघिबढ्न नसकेको जलविद्युत आयोजनाहरुको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न भारत सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

 

प्रधानमन्त्री देउवाले नेपालको आर्थिक विकासमा भारतले गरेको सहयोगको पनि खुलेर प्रशंशा गरे । प्रधानमन्त्री देउवाले नेपाल भारतबीचको सम्बन्धलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);