प्रदेश नं २ मा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश नं २ मा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ मा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । प्रदेश नम्बर २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदै छ । २ नम्बर प्रदेशमा हुन लागेको निर्वाचन तेस्रो चरणको हुनेछ । बाँकी प्रदेशमा यस अघि निर्वाचन सम्पन्न भएको छ ।

 

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री देउवाले सेना परिचालनका निम्ति राष्ट्रपतिसमक्ष यही भदौ ५ गते सिफारिस गरेका थिए ।

 

सोहि सिफारिसका आधारमा स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा स्वीकृति प्रदान गरेकी हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);