प्रदेश नं. २ निर्वाचन तयारी पूरा: ६६ सय २७ पदका लागि ३७ हजारको रस्साकस्सी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ, १ असोज । स्थानीय तहको तेस्रो चरण निर्वाचन अन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा सोमबार मतदान हुँदैछ ।

 

निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा गरी १ सय ३६ स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ ।

मतदानका लागि ३ हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको दुई नम्बर प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।

 

६ हजार ६ सय २७ पदका लागि ३७ हजारभन्दा बढी उम्मेद्वार सोमबार चुनावी मैदानमा उत्रिँदै छन् । निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्र पुगेर मतदाता परिचयपत्र वितरण तथा मतदातालाई भोट हाल्न सिकाउने काम भइरहेको आयोगले जनाएको छ । निर्वाचनको सुरक्षाका लागि प्रत्येक जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ६ हजारदेखि ८ हजारसम्म सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमा नाका सोमबार बेलुकासम्मका लागि बन्द गरिएको छ ।

प्रदेश नंं. २ का आठवटै जिल्लाका मतदाता उचित उम्मेदवारलाई भोट दिन आतुर छन् । अरु प्रदेशमा चुनाव भएर जनप्रतिनिधिले काम समेत थालिसकेकाले अवश्थामा उनीहरु पनि छिटो जनप्रतिनिधि चयन गर्न उत्सुक भएका हुन् ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);