प्रदेश नम्बर २ मा मतदाता परिचय पत्र वितरण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश नम्बर २ मा मतदाता परिचय पत्र वितरण सुरु

काठमाडौं, ३१ भदौ । प्रदेश नम्बर दुईमा आगामी सोमबार हुन लागेको निर्वाचनका लागि निर्वाचन आयोगको त्यहाँ स्थित कार्यालयले आवश्यक तयारी तिब्र पारेको छ।

हरेक मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले राजनीतिक दलका स्थानिय प्रतिनिधिसंग छलफल गरि मतदाता परिचय पत्र बाड्ने काम सुरु गरिसकेका छन् ।

आईतबारसम्म आ आफ्नो केन्द्रका मतदातालाई मतदाता परिचय पत्र बाडिसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले सबै मतकेन्द्रहरुमा निर्वाचन सामाग्री पुर्याईसकिएको जनाएको छ । परिचय पत्र वितरण गर्ने काम सकेपछि मतदान स्थलमा गर्नुपर्ने अन्य तयारी गरिने छ ।

यता, निर्वाचन आयोगले आवश्यक सुरक्षाको भरपर्दो व्यवस्था गरिएको भन्दै निर्धक्क भएर आफुले चाहेको उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई आव्हान गरेको छ ।

त्यसैगरी गृहमन्त्रालयले पनि आवश्यक सुरक्षा प्रबन्ध मिलाईएकाले स्वतन्त्र रुपमा निर्धक्क भएर मताधिकार प्रयोग गर्न प्रदेश नम्बर २ का मतदातालाई आव्हान गरेको छ । मधेसका ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि सोमबार मतदान हुदैछ ।

२६ लाख ६४ हजार ९ सय ५० कुल मतदाता संख्या रहेको यो क्षेत्रबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
दुई नम्बर प्रदेशमा मतदानका लागि आयोगले २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकेको छ ।

सोमबारको मतदानबाट प्रदेश नम्बर २ मा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकाबाट स्थानीय प्रतिनिधि चयन हुनेछन् ।

निर्वाचनमा नेपाली कांग्रेस, एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपा र नयाँशक्ति लगायत दल चुनावी प्रतिष्पर्धामा छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);