मतदाता परिचय–पत्र वितरण जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मतदाता परिचय–पत्र वितरण जारी

काठमाडौं, ८ मंसिर । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ क्षेत्रमा मतदाता परिचय–पत्र वितरण थालेको छ । निर्वाचन आयोगले आज र भोलि सम्बन्धित मतदान केन्द्रबाट मतदातालाई परिचय–पत्र वितरण भइरहेको जनाएको छ ।

गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गते १८ वर्ष उमेर पुगेका एवं नामावली सार्न र सच्याउन निवेदन दिएका मतदाताको परिचय–पत्र सम्बन्धित मतदान केन्द्रबाटै वितरण हुने आयोगले जनाएको हो ।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचय–पत्र लिइसकेकाले भने सोही परिचय–पत्रका आधारमा मतदान गर्न पाउने पनि आयोगले जनाएको छ । परिचय–पत्र लिनेलाई मतदान शिक्षा पनि दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैबीच रसुवामा ४ हजार मतदातालाई मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । ४५ मतदान केन्द्रबाट मतदान अधिकृत मार्फत परिचयपत्र वितरण भैरहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा २७ हजार ८ सय ५५ मतदाता रहेकोमा अहिले ३२ हजार तीन सय २३ मतदाता रहेका छन् । त्यस्तै बाजुरमा पनि मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ ।
०००

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);