निर्वाचनको पूर्वसन्ध्यामा कुटपिटका घटना बढे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्वाचनको पूर्वसन्ध्यामा कुटपिटका घटना बढे

काठमाडौं, ८ मंसिर । निर्वाचनको पूर्वसन्ध्यामा केही जिल्लाहरूमा कुटपिटका घटना बढेका छन् । रुकुममा कांग्रेसका कार्यकर्ताहरुले एक महिलामाथि कुटपिट गरेका छन् । रुकुम सानीभेरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर बुढाकी श्रीमतीलाई कांग्रेसका कार्यकर्ताले निर्घात कुटेका हुन् ।

बिहीबार कांग्रेसले आयोजना गरेको चुनावी सभाबाट घर फर्कंदै गरेका तरुण दलका कार्यकर्ताले घरमै बसेकी बुढालाई कुटपिट गरेको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए । घाइते बुढा अझै अचेत रहेको श्रीमान कुलबहादुर बुढाले जानकारी दिए । कुटपिट गर्नेहरुलाई हिजो राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ मा बिहीबार बेलुका चुनाव प्रचार गरिरहेका नेपाली काग्रेस कार्यक्रतामाथि आक्रमण भएको छ । आक्रमणमा परी कांग्रेसका चारजना कार्यकर्ता घाइते भएका छन् । घाइते सबैको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ ।

त्यसैगरी, धादिङको धुवाकोटमा आज बिहान नेपाली कांग्रेस धुवाँकोटका संयोजक सन्तोष बस्ताकोटीमाथि धारिलो हतियार प्रहार भएको छ । बस्ताकोटीलाई घरमै बसिरहेका बेला एमाले कार्यकर्ताले धारिलो हतियार प्रहार गरिएको नेपाली कांग्रेसले जनाएको छ । हतियार प्रहारबाट गम्भीर घाइते बस्ताकोटीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ट्रमा सेन्टर लगिएको छ ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);