नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु

death body

सर्लाही, १३ कात्तिक । सर्लाहीको रामनगरमा आज बिहान नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता राम विलास महतोको मृत्यु भएको हो । त्यस्तै गोली लागेर अन्य सात जना घाइते भएका प्रहरीले जनाएको छ । स्थानीयले जनाए अनुसार सत्तारुढदल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले चलाएको गोली लागी ६५ वर्षीय महतोको घटना स्थलमै मृत्यु भएको हो ।

सोमबार( नेकपा)का कार्यकर्ताहरूले वडा अध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेपछि नेकपा र कांग्रेसका कार्यकर्ताहरुबीच झडप भएको हो । (नेकपा) का कार्यकर्ताहरूले वडा अध्यक्ष महतोको घर पनि तोडफोड गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);