अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्न मिल्दैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्न मिल्दैन

sarkari karmachari

काठमाडौं, १३ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्न नमिल्ने टिप्पणी गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता यज्ञराज सुनुवार र नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्न नमिल्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुनुवारले अस्थायी र करारमा रहेका कर्मचारीलाई राहत दिएर विदाई गर्न सरकारलाई सुझाव दिए ।

उनले कर्मचारीहरुलाई स्वतः स्थायी गर्ने प्रावधानले मुलुकको आवश्यक्तालाई सम्बोधन गर्न नसक्ने पनि स्पष्ट पारे ।

काँग्रेस नेता चन्द्र भण्डारीले अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्न नहुने बताए । उनले कम खर्च गरेर धेरै काम गर्ने गरी कर्मचारीको व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिए । सरकारले तल्लो तहका अस्थायी कर्मचारीहरुलाई उचित राहतको व्यवस्था गरेर विदाई गर्नुपर्ने नेता भण्डारीको भनाई छ ।

नेता भण्डारीले कर्मचारी स्वतः स्थायी गर्ने प्रावधानले मुलुकको आवश्यक्तालाई सम्बोधन गर्न नसक्ने तर्फ सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);