सिंहदरबारभित्रै कर्मचारीको जुलुससहित धर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिंहदरबारभित्रै कर्मचारीको जुलुससहित धर्ना

karmachariko dharna

काठमाडौं, ११ कात्तिक । सिंहदबार आसपासको क्षेत्रलाई सरकारले सभा, जुलुस गर्न नपाइने भन्दै निशेधित क्षेत्र घोषणा गरेको छ । सिंहदरावार नजिकको हनुमानस्थान, माइतीघर मण्डलासम्म सरकारले केहि समय पहिले निशेधित क्षेत्र तोकेको हो । तर सिंहदरबारभित्रै सेवावाट हटाइएका कर्मचारीहरुले जुलुससहित धर्ना कार्यक्रम गरेका छन् ।

सरकारले कर्मचारी समायोजन अन्र्तगत हालै करार, अस्थायी तथा ज्यालादारीका रुपमा काम गर्ने कर्मचारीलाई हटाएको थियो । उनीहरुले पुर्नवाहालीको माग गर्दै आइतवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन । स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाउन आईतबार मन्त्रालय पुगेका उनीहरुले मन्त्रीसँग भेट नपाएपछि मन्त्रालय अगाडि नै धर्ना दिएका हुन ।

३० वर्षसम्म सरकारी सेवा गरेका आफूहरुको मागलाई सम्बोधन गर्न सरकार तयार नभएपछि मन्त्रालय अगाडि नै धर्ना दिन बाध्य हुनु परेको अस्थायी कर्मचारीहरुको भनाई छ ।

अस्थायी, करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुले स्वतः स्थायी गर्ने आफूहरुको माग सम्बोधन गर्नुको साटो सरकारले स्वच्छिक अवकाशको प्रस्ताव ल्याएकोमा आपत्ति समेत जनाएका छन । उनीहरुले आफूहरुको माग सम्बोधन नभए छठ पछिबाट देशभर आन्दोलनको कार्यक्रम संचालन गर्ने समेत बताएका छन ।

गएको साउन १ गतेदेखि करारका कर्मचारीलाई सेवाबाट हटाइएको थियो । उनीहरुलाई सेवाबाट हटाउँदा ३ महिनाको एकमुष्ट तलब दिने भनेपनि त्यो पनि नपाएको बताएका छन् सरकारले हटाउने निर्णय गरेपछि करारका कर्मचारीहरुले नियुक्तिको माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);