कहिले पुरिन्छन् सडकका खाल्डा खुल्डी ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

कहिले पुरिन्छन् सडकका खाल्डा खुल्डी ?

sadak-khalda khuldi

काठमाडौं, ११ कात्तिक । काठमाडौँ उपत्यकामा रहेका सडकहरुमा जताजतै खाल्डाखुल्डीले यात्रुहरुमा जोखिम बढाएको छ । सडक फराकिलो बनाउने नाममा लामो समयसम्म सडक मर्मत नहुनु तथा खानेपानी र ढल मर्मतको कार्य चलिरहदा सडकमा बनेका खाल्डाखुल्डीको मर्मत हुन नसक्दा उपत्यकामा रहेका सडकमा जोखिम बढदै गएको हो

उपत्यकाका सडकमा यात्रा गर्नै सर्वसाधारणले धुलो, धुँवा ट्राफिक जामको सास्ती खेपीरहेकै हुन । सडककमा यात्रा गर्नै सर्वसाधारणलाई सास्ती मात्रै हैन जोखीम पनी उतिकै बढेको छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ । मेलम्ची खानेपनीका पाईप अव्यवस्थित तथा खानेपानी ढल निकास विद्युत र टेलीकमले खनेका खाडल त्यसै छाडदा घटना हुने गरेका छन् ।

गत वर्ष तारकेश्वर नगरपालीका नेपालटारमा ढलमा परेर ११ वर्षिया बालिकाकोले ज्यान गुमाउनु पर्यो । त्यस्तै गत शनिबार पनि किर्तीपुर नगरपालीकामा सडकको खाल्डामा परेर एक जनाले ज्यान गुमाउनु पर्यो । सो घटना त एउटा प्रतिनिध घटना मात्रै हो त्यस्ता घटना दिन प्रतिदिन बढदै गईरहेका छन् ।

उपत्यकामा पछिल्लो समयमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालय र काठमााडौं उपत्यका खानेपानी लिमिटेडको चरम लापरबाहीका कारणले यस्ता घटना बारम्बार भइरहेका छन् । पाइप राख्न सडक खनेर छाड्ने गर्दा दुर्घटना बढ्दै गएका छन्। पहिला आखा चिम्लेर बसेका निकाय घटना भए पछि मात्र रातारात सडकका खाल्डाखुल्डी पुर्न थाल्छन । त्यो पनी घटना भएको ठाँउका मात्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भए लगतै खाल्डाखुल्डीमा पुरेर अब कसैले ज्यान गुमाउनुपर्नै छैन भनी घोषणा गरेका थिए । प्रधानमन्त्रीले हरेक जसो भाषणमा सडकका खाल्डाखुल्डी पुर्नै प्रतिबद्वता दोहो¥याउछन्, तर त्यहि सडकका खाल्डामा परेर सर्वसाधारणले ज्यान गुमाइरहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);