अरनिको राजमार्गका विभिन्न स्थानमा सडक जिर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अरनिको राजमार्गका विभिन्न स्थानमा सडक जिर्ण

काठमाडाैं, २८ पुष । काभ्रेको व्यस्त सडकको रुपमा रहेको अरनिको राजमार्गका विभिन्न स्थानमा सडक जिर्ण बनेको छ । चल्तीको सडक जीर्ण बन्दै गएपछि सडकमा दुर्घटनाको जोखिम समेत बढ्दै गएको हो ।

अरनिको राजमार्ग अन्तर्गत धुलिखेलदेखि बन्देउ सडकखण्डका बिभिन्न स्थानमा सडक भत्किएर यात्रुलाई सास्ती भएको छ । सडकका विभिन्न स्थानमा ठुलाठुला खाल्डाखुल्डी हुँदा समेत सडकको मर्मत हुन भने सकेको छैन ।

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिकको ल्याण्डफिल्ड साइट नजिकै वर्षाका कारण पहिरो गएर सडक जोखिममा परेको महिनौ हुँदा समेत सडकको मर्मत सम्भार हुन सकेको छैन । जसको कारण सडकमा दुर्घटनाको जोखिम बढेको हो ।

अरनिको राजमार्गका विभिन्न स्थानमा परेका खाल्डाखुल्डीको कारण सवारी चलाउन समस्या भएको यात्रुहरुको गुनासो छ। वर्षाले सडकको दायाँ बायाँ दुवै तर्फ माटो बगाएर खाल्डाखुल्डी बनाए पनि यसको मर्मत सम्भार तर्फ भने सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

केहि वर्षअघि सडकको मोड सुधार गरिएका ठाउँमा समेत हालसम्म कालोपत्रे नभएको यात्रुहरुले बताएका छन् । खाल्डाखुल्डी पुर्ने कामको सुरुवात भएको र काम गर्ने माझी समुदायका कामदारहरु चाडपर्व मनाउन घर गएका कारण केही समय काम रोकिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

सडक मर्मतकोलागि ठेक्का भैसकेको र केही दिनमा नै सम्झौता सम्पन्न भई काम सुरु गरिने समेत कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);