दार्चुला-गोकुलेश्वर सडकखण्ड मर्मत नहुँदा दुर्घटनाको जोखिम | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

दार्चुला-गोकुलेश्वर सडकखण्ड मर्मत नहुँदा दुर्घटनाको जोखिम

SADAK DARCHULA

दार्चुला, १० चैत । यस वर्षको वर्षायाममा भत्केको महाकाली राजमार्गको दार्चुला गोकुलेश्वर सडकखण्ड हालसम्मपनि मर्मत हुन सकेको छैन । मर्मतको अभावमा जिर्ण भएको सडकमा सवारी साधन संचालनले यात्रुहरुलाई सहज यात्रामा समस्या भएको छ भने यसले दुर्घटनाको जोखिम समेत वढाएको छ ।

महाकाली राजमार्गको दार्चुला गोकुलेश्वर सडक खण्ड मर्मतको अभावमा जिर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ । गएको वर्षायाममा भत्केको दार्चुला गोकुलेश्वर सडक खण्ड अझै पनि मर्मत हुन नसक्दा दुर्घटनाको जोखिम बढेको हो । दार्चुला गोकुलेश्वर सडक खण्ड अन्तरगत को ७५ कि.मि. सडक खण्ड मात्र कालो पत्रे भएको छ । बाँकी सडकखण्ड कच्ची सडक रहेको छ ।

यस सडक खण्ड अन्तरगतको मालिकार्जुन , पनेबांज ,ऐरिछाना, चेर्छालेक, धामीगाडा, चुने भिर, मसिनिबालुवा , साणीगौंण तथा किम्तडी भीर लगायतका स्थानमा सडक मर्मतको अभावमा सडक जिर्ण अवस्थामा रहेको छ । सडक जीर्ण भएपनि सवारी चालक र यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

महाकाली राजमार्ग बाहेकका गोकुलेश्वर देथला खलंगा सडक खण्ड, गोकुलेश्वर पारिबगर खण्डेश्वरी सडक खण्ड र दार्चुला तिंकर सडक खण्ड निर्माणाधिन कच्ची सडक हुन् । दार्चुला गोकुलेश्वर सडक खण्ड निर्माण भएको झण्डै १५्र बर्ष पुगी सकेको छ । तर निर्माणको लामो समयसम्म वर्षायाममा जाने पहिरोका कारण सडक जिर्ण भएपनि जिर्ण सडक मर्मत नहुँदा स्थानीय यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य वनेका छन ।

दार्चुला जिल्ला समन्वय समितिले सडक डिभिजन कार्यालयलाई सडक मर्मतको लागि पटक पटक आग्रह गर्दै आएको छ । तर स्थानीय, प्रदेश वा संघीय सरकार कसले सडक मर्मतको जिम्मा लिने भन्ने विषयनै अन्योलमा रहदै आएको जिल्ला समन्वय समिति दार्चुलाका संयोजक करविर बहादुर कार्कीको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांक अनुसार यस वर्ष मात्रै उक्त सडकखण्डमा दुर्घटनामा परी १३ जनाले ज्यान गुमाइसकेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);