कर्णाली नदिमा र्‍याफ्टिङ सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कर्णाली नदिमा र्‍याफ्टिङ सेवा सुरु

karnali ma rafting

मदन विक
बाजुरा, १० चैत । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि कर्णाली नदीमा र्‍याफ्टिङ सेवा सूरु गरेको छ । जिल्लाकै मुख्य आकर्षण केन्द्र रहेको खापरबाट कर्णाली नदीमा र्‍याफ्टिङ सेवा सूरु गरिएको हो । र्‍याफ्टिङ सेवा सुरु गरेपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लागेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि कर्णाली नदीमा र्‍याफ्टिङ सेवा सुरु गरेको छ । बाजुराको स्वामीकार्तिक खापर गाँउपालिका लगायत, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मुख्य आकर्षणका रुपमा रहेको पिलुचौर क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विशेष मनोरञ्जन दिने उद्देश्यका साथ र्‍याफ्टिङ सेवाको सुरु गरिएको हो । पर्यटकीय दृष्टिकोणले स्वामीकार्तिक खापर गाउँपालिकालाई चिनाउन र गाँउपालिकाको आम्दानीमा बृद्धि गर्न ¥याफ्टिङ्ग सुरु गरिएको गाँउपालिकाले जनाएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिका जाने सडक निर्माण भएको छ तर कर्णाली नदिमा पक्की पुल नहुँदा यातायात सेवा सुचारु हुन सकेको छैन् । गाउँपालिकाले कर्णाली नदीमा र्‍याफ्टिङ सेवा संचालनमा ल्याएसँगै स्थानीयका लागि विकल्प पाएका छन् । र्‍याफ्टिङ संचालनपछि स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नदीबाट सवार गराउन सजिलो भएको र्‍याफ्टिङ चालक धनजित महताराको अनुभव छ ।

कर्णाली नदीमा ¥र्‍याफ्टिङ सेवाको सूरुवात सँगै पर्यटकहरुलाई बसोबासको व्यवस्था गर्ने र पर्यटकहरुको संख्याको आधारमा र्‍याफ्टिङ बोटहरु थप्दै जाने योजना रहेको गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख कुमेरबहादुर शाहीले जानकारी दिए ।

कर्णाली नदीमा अहिले दैनिक ५० भन्दा बढी आन्तरिक पर्यटकहरुले र्‍याफ्टिङ गर्दै आएका छन् । र्‍याफ्टिङमा रमाउनका लागि बाजुराका स्थानीयका साथसाथै कालीकोट, सुर्खेत, मुगु लगायतका छिमेकी जिल्लाहरुबाट पनि मानिसहरु पुग्ने गर्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);