अछामको एक विद्यालयमा ६ महिनादेखि शिक्षक अनुपस्थित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

अछामको एक विद्यालयमा ६ महिनादेखि शिक्षक अनुपस्थित

sikshek anupastit

अछाम, १० चैत । अछाम जिल्लाको एक विद्यालयमा शिक्षक ६ महिनादेखि अनुपस्थित हुँदा विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको छ । विद्यार्थीको पढाइलाई असर पर्ने गरी अनुपस्थित हुने शिक्षकलाई अहिले अनुगमन गरी कारबाही गर्ने प्रक्रिया थालिएको छ ।

अछामको कालिका आधारभुत विद्यालयमा छ महिनादेखि एक शिक्षक अनुपस्थित हुँदा पनि सरोकारवालाले कुनै चासो देखाएको छैन । एकदेखि पाँचकक्षासम्म जम्मा ६५ जना विद्यार्थी रहेको सो विद्यालयमा तीन जना दरबन्दी, एक जना राहत र एक जना निजीबाट गरी जम्मा पाँच जना शिक्षक कार्यरत छन् ।

विद्यालयमा कार्यरत शिक्षिका मुगा बोहरा गत कार्तिक महिनाको २५ गतेदेखि विद्यालयमा अनुपस्थित हुँदा विद्यार्थीहरुको पढाईमा बाधा पुगेको छ । स्वास्थ्य समस्या देखाउँदै शिक्षिका बोहरा २०७५ सालको दशैँ बिदापछि विद्यालयमा हाजिर भएकी छैनन् । शिक्षक अनुपस्थित हँुदा विद्यार्थीहरुको पठनपाठनमा कठिनाई भएको विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर रावलले बताए ।

मंगलसेन नगरपालिका भित्र रहेका ५१ वटा विद्यालयको अनुगमनका क्रममा लामो समयसम्म विद्यालयमा अनुपस्थित भएका आठ जना शिक्षक फेला परेका छन । अनुपस्थित हुने शिक्षकहरुको तलव रोक्नेबारे पत्राचार गर्ने निर्णय गरिएको छ । उपस्थित हँुदा खेरी पेश गरेको कागजातसहित विद्यालयलाई यथार्थ रिपोर्ट ल्याउनको लागि पत्राचार गरिएको छ । अहिले आठ जना शिक्षकको तलव रोक्का गरिएको मंगलसेन स्रोत केन्द्रका स्रोत ब्यक्ति बृकेशसिंह बोगटीले जानकारी दिए ।

लामो समयसम्म विद्यालयमा अनियमित हुने र लापरवाही गर्ने शिक्षकहरुलाई कारवाही गर्ने प्रक्रिया अघि बढाईएको छ । सम्बन्धित स्थानीय तहले सिफारीस गरेमा नियम अनुसार कारबाही गरिने जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख लक्ष्मण गिरीले बताए ।

विद्यालयमा शिक्षक लगातार अनुपस्थित हुनु नेपालका सामुदायिक विद्यालयहरुको पुरानो रोग हो । अछामको कालिका आधारभूत विद्यालय त एउटा नमूना उदाहरण मात्रै हो । तराई पहाडका धेरै सामुदायिक विद्यालयमा शिक्षक अनुपस्थित हुने र नियमित कक्षा नलिने भन्ने गुनासो धेरै आउने गरेको छ । लामो समय अनुपस्थित हुने शिक्षकलाई तलव रोक्का मात्र होइन त्यो भन्दा माथिकै कारबाही हुनुपर्नेमा स्थानीय स्तरबाट दवाव बढ्न थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);