मुक्तहलियाको घर निर्माणमा भारतीय सीमा एसएसबीको रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मुक्तहलियाको घर निर्माणमा भारतीय सीमा एसएसबीको रोक

kanchanpur sima

पुष्कर भट्ट

कञ्चनपुर, १० चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका ४ मुक्तहलिया परिवारको घर निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोक लगाएको छ ।

दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्ण कार्य रोक्न लगाएको मुक्तहलियाहरु बताउँछन् ।

नेपालको सीमा क्षेत्रमा भारतीय सेनाले गरेको अवरोध र ज्यादतीहरुको खबर बेला बेलामा सुन्नमा आईरहेका बेला फेरी भारतीय सुरक्षा फौजका कारण नेपालीहरु मर्कामा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवको चार मुक्तहलिया परिवारको घर निर्माणमा भारतीय सीमा सुरक्षा बलले रोक लगाएको छ । दुई दशकदेखि भोग चलन गरी आएको जग्गामा भएको पुरानो घर भत्काएर नयाँ घर निर्माणमा एसएसबीले रोक लगाएपछि मुक्तहलियाको परिवारमा बिचल्ली भएको छ ।

मुक्तहलियाहरुले बिगत २५ वर्षदेखि सो क्षेत्रमा बसोबास गर्दै आएको जग्गा भारतमा पर्ने जनाउँदै भारतीय एसएसबीका जवानले अवरोध गरेको हो । घर मर्मतका लागि पुनःस्थापनमा परेका ‘ख’ वर्गको परिचयपत्र पाएका खडक सार्की, बाली सार्की, मदन सार्की र परदेशी दमाइलाई घर निर्माण गर्न बाट रोकेको हो । घर निर्माणका लागि भूमि सुधार कार्यालयले मुक्तहलिया परिवारलाई एक लाख २५ हजारका दरले रकम उपलब्ध गराएको थियो ।

मुक्त हलिया पुनस्र्थापना कार्यक्रममार्फत घर निर्माण गरिरहेका तीनै जनालाई एसएसबीले घर बनाए भत्काइदिने चेतावनी दिएपछि उनीहरु अहिले त्रासमा छन् । भीमदत्त नगरपालिका ९ का वडाअध्यक्ष राम नाथले स्थानीय स्तरमा छलफल हुँदा समेत एसएसबीले घर निर्माण गर्न नदिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी मार्च २७ गते नेपाल–भारतका अधिकारीबीच सीमावर्ती भारतीय बजार वनवासामा बैठक बस्ने सहमति भएको बताए । उनले सो बैठकमा सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी टुङ्गो लगाइने बताएका छन् ।

महाकाली सिँचाईका पुर्व कर्मचारी तथा स्थानीय नवराज जोशीले सिँचाइका लागि लगाइएको पिल्लरलाई भारतीय पक्षले सिमानाको पिल्लर ठानेर यस्तो अवरोध गरेको हुन सक्ने प्रतिक्रिया दिए ।

यसैगरी भारतीय एसएसबीले भीमदत्त नगरपालिका–९ को टनकपुर बाँध नजिकै नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा सडक कालोपत्र गर्ने कार्य समेत शुक्रबार रोक्न लगाएको थियो । एसएसबीको अवरोधपछि केही दिनका लागि सडक निर्माणकार्य रोकिएको छ । दुई देशका प्रशासन प्रमुखबीच यही चैत १३ गते सीमा बैठकमा छलफल गर्ने मौखिक सहमतिपछि निर्माण रोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);