कञ्चनपुरको बेलौरीमा फेरी सीमा विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कञ्चनपुरको बेलौरीमा फेरी सीमा विवाद

sima

किशोर तामाङ
कञ्चनपुर, १७ माघ
। कञ्चनपुरको पुनर्वास अनान्द बजारको घटना सेलाउन नपाउदै फेरी बेलौरीमा सीमा विवाद बल्झिएको छ । भारतसँग जीमा जोडिएको बेलौरी नगरपालिका १० सडकघाटमा नेपालीले बाटो फराकिलो बनाउँदा भारतीय पक्षले अवरोध गरेपछि विवाद बल्झिएको हो ।

भारतसँग सीमा जोडिएको कञ्चनपुरको बेलौरीमा सडक फराकिलो बनाउने क्रममा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो । नेपालीको नाममा लालपूर्जा रहेको र खेतिबाली लगाउँदै आएको जमिनमा भारतीय पक्षले पटक पटक अवरोध गर्ने गरेको छ ।

बाटो फराकिलो बनाउने क्रममा भारतले हस्तक्षेप गर्दा पनि नेपाल सरकार मुखदर्शक बनेको स्थानीयको गुनासो छ । ३२ र ३३ मा नम्बर सीमा स्तम्भ नाघेर नेपालीले खेती लगाएको भारको आरोप छ । तर सो क्षेत्रको जमिन नेपालीको नाममा लालपूर्जा छ । अहिले विवादित सीमा स्तम्भ नम्बर ३४ नजिक भारतीय पक्षले आवत जावत गर्न समेत रोक लगाएको छ । भारतीय पक्ष बाटो फराकिले बनाउन नदिने र नेपाली पक्ष जसरी पनि बाटो बनाउने अडानमा छन् ।

विवद बढेपछि नेपाल र भारतका सरकारी निकायबीच सीमा सर्भे टोलीले उक्त क्षेत्रको जाँच गरी टुंगो लगाउने मौखिक समझदारी भएको छ । केही सातायता कैलाली र कञ्चनपुर लगायत भारतसँग सीमा जोडिएको क्षेत्रमा संयुक्त सर्भे टोलीले काम गरिरहेका छ । सीमा सर्भे टोलीले उक्त क्षेत्रको जाँच गरेर समाधान गर्ने पहल भएको छ ।

पछिल्लो समय सीमाको विषयलाई लिएर नेपाल र भारतबीच चिसोपना बढिरहेको छ । भारतको हेपाह प्रवृति र नेपाल सरकारको मौनताले सीमा क्षेत्रका नागरिकले दुख पाइ रहेका छन् । गत फागुन २६ मा सीमा विवादकै कारण कञ्चनपुरको पुनर्वासमा गोविन्द गौतमको मृत्यु भएको थियो । विवाद समाधानका लागिपहल नगर्ने हो भने फेरी त्यस्तै घटना दोहोरीन सक्ने भन्दै स्थानीय चिन्तित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);