आजबाट स्वस्थानी व्रत समापन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

आजबाट स्वस्थानी व्रत समापन

swasthani

काठमाडौं, १७ माघ । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आजबाट समापन भएको छ ।

स्वस्थानी व्रत कथा समाप्तिको दिन खग्रास चन्द्र ग्रहण लागेकाले नेपाल पञ्चांग निर्णायक समितिको सुझावअनुसार धेरैजसोले आज बिहान ८ बजेर ५५ मिनेटअघि नै व्रत समापन गरेका हुन् । तर, चन्द्र ग्रहण लागेको बेला स्वस्थानीको व्रत समाप्त गर्न नचाहनेहरुका लागि भने फागुन कृष्ण पञ्चमी अर्थात् २२ माघसम्म स्वस्थानी व्रत समाप्त गर्न सकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

चन्द्र ग्रहण लागेको बेला वा चन्द्रमा अस्ताएको बेला गरिने पूजापाठले फल प्राप्त नहुने धार्मिक विश्वास छ । विधिपूर्वक श्रीस्वस्थानी माताको पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । स्वस्थानी व्रतको अवधिभर र समाप्तिको दिन साँखुको शालिनदी, पशुपति, गौरीघाट, भक्तपुरको हुनमानघाट लगायतका स्थानमा श्रद्धालुको घुइँचो लागेको थियो ।

विधिपूर्वक एक महिने व्रत गरेकाले आज माघ शुक्ल पूर्णिमाका दिन १ सय ८ जनै, १ सय ८ सुपारी, १ सय ८ पान, १ सय ८ फूल, १ सय ८ रोटी, १ सय ८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी स्वस्थानी मातालाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ ओटा पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने चलन छ । बिहीबार व्रतालुलाई भोज खुवाएपछि एक महिने माधवनारायण मेला पनि समापन हुँदैछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);