नेपालको ६० हजार ६ सय ६२ हेक्टर जमिन अतिक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालको ६० हजार ६ सय ६२ हेक्टर जमिन अतिक्रमण

भारतसँग सीमा जोडिएका २६ जिल्ला मध्ये २४ जिल्लामा सीमा विवाद –

सरोज थापा

काठमाडौं, १७ वैशाख । भारतसँग सीमा जोडिएका २६ जिल्ला मध्ये २४ जिल्लामा सीमा विवाद छ । यो विवाद अहिलेको मात्र होइन बर्षौ देखि भारतको मिचाहा प्रवृतिका कारण सीमा क्षेत्रका नेपालीले सास्ती बेहोरिरहेका छन् ।

पछिल्लो समय कञ्जनपुरको पुर्नवासस्थित १ सय ९५ सीमा स्तम्भ नजिक भारतीय पक्षसँगको सहमति मै नेपालीले निर्माण गरेको विद्युतीय तारबार भारतीय सीमा सुरक्षाबलले उखेलेर फ्याँकेको छ । योसँगै दुई देशबीचको सीमा विवाद फेरि चर्किएको छ ।

नेपाल र भारतबीचको सीमा विवादको इतिहास लामो छ । सीमा विवाद समाधानका लागि बेलाबखत पहल भएपनि समाधान हुन भने सकेको छैन । पछिल्लो समय भारतीय पक्षसँगको सहमतिअनुसार नेपाली पक्षले कञ्चनपुरको पुनर्वास नगरपालिका–९ मा पर्ने १ सय ९५ नम्बर सीमास्तम्भ नजिक करिब ६ लाख रुपैयाँ खर्चेर जडान गरिएको विद्युतीय तार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उखेलेर फ्याकेपछि तनाव श्रृजना भएको छ ।

त्यतीमात्र होइन एसएसबीले विवादित क्षेत्रको अनुगमनका लागि गएका नेपाली जनप्रतिनिधिलाई डेढ घण्टासम्म रोक्यो । जसको कारण २०० नम्बर पिलर कहाँ हो भन्ने विवाद नै हो । भारतले यो पिल्लर नेपालको पुनर्वास रहेको दाबी गरीरहेको छ भने नेपालले भारतको कारगिल भन्दा दक्षिणमा रहेको दाबी गरेको छ ।

पुर्नबासमा मात्र होइन भारतसँग सीमा जोडिएका २६ जिल्ला मध्ये २४ जिल्लामा सीमा विवाद छ । भारतसँगको १ हजार ८ सय ८० किलोमिटर सीमा क्षेत्रमा भारतले ६० हजार ६ सय ६२ हेक्टर जमिन अतिक्रमण गरेको जानकारहरुको भनाइ छ ।

भारतले दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित लिपु लेक र लिम्पियाधुरामा मात्र ३७ हजार हेक्टर भूमी अतिक्रमण गरेको छ । यस क्षेत्रमा भारत र चीनले सन् २०१५ मे १५ मा नेपालको सहमतिविना नेपाली भूमी अतिक्रमण हुनेगरी सम्झौता गरेपनि सरकारले आफ्नो स्पष्ट धारणा राख्न सकेको छैन ।

यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशन्न नेपाल भ्रमणका क्रममा राख्नुपर्ने सीमाविद्हरुको भनाइ छ । त्यस्तै भारतले नवलपरासीको सुस्ता क्षेत्रमा पनि धेरै भूमी अतिक्रमण गरेको छ ।

साविकको सुस्ता गाउँपालिकाको ९ ओटा वडा मध्ये हाल एउटा वडा मात्र बाँकी छ । अधिकांश सीमा क्षेत्रमा भारतले नेपाली भूमी अतिक्रमण गरेपनि समस्या समाधानका लागि ठोस पहल हुन सकेको छैन ।

नेपाल–भारतबीचको ७० बर्ष पुरानो सम्बन्धमा देखिएका सबैखाले समस्या हल गर्नका लागि सुझाव दिन गठन भएको नेपाल–भारत प्रबुद्ध समुहका नेपालतर्फका संयोजक डाक्टर भेषबहादुर थापा भने अबका दिनमा समस्या कम हुँदै जाने बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);