२५६२ औँ बुद्ध जयन्ती धुमधामले मनाइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

२५६२ औँ बुद्ध जयन्ती धुमधामले मनाइयो

काठमाडौं, १७ वैशाख । वैशाख शुक्ल पूर्णिमा, अर्थात २५ सय ६२ औं बुद्ध जयन्ती भब्य रुपमा मनाइएको छ । पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक एवं धर्मप्रवर्तक गौतम बुद्धको शान्तिको सन्देश विश्वभर छरिएको छ । देशभरका स्तुपा र गुम्बाहरुमा आन्तरिक तथा बाह्य बौद्धमार्गिहरुको भिडलागेको थियो ।

ईशापूर्व ५४३ मा नेपालको कपिलबस्तुका शाक्यवंशीय राजा शुद्धोधन तथा रानी मायादेवीको कोखबाट जन्मीएका भगवान गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम हो । उनले जन्मनासाथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका थिए भन्ने किम्बदन्ती रहेको छ ।

जन्मनासाथ पोखरीमा स्नान गराइएका बुद्धले नुहाएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । जन्मीएको ७ दीनमै आमा गुमाएका गौतम बुद्धको विवाह १६ बर्षको उमेरमा यसोधरासँग भएको थियो ।

एकदिन बाहिर घुम्न जाने क्रममा सिद्धार्थले रोगी, वृद्ध तथा मरेको मानिस देखेपछि संसारमा दुःख भएको देखे । २९ बर्षको उमेरमा त्यही दुःखमुक्तिको उपाय खोज्न उनले परिवार तथा राजसी सुखसयल त्याग गरी शान्तिको खोजिमा निस्किएका थिए ।

बुद्धले जीवनमा आइपर्ने पीडा एवं दुःख निवारण गर्ने ज्ञानको खोजी गरे । वर्षौंको तपस्यापछि उनी बुद्धत्व प्राप्त गर्न सफल भए । उनले प्राप्त गरेको दर्शन र ज्ञान नै बुद्धत्व हो ।

बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो । यो ग्रन्थ भगवान बुद्धको महापरिनिर्वाण पश्चात शिष्यहरूले तयार पारेका गिए । त्रिपिटकमा बुद्धोपदेशहरूलाई पालिभाषामा लिपिबद्ध गरिएको छ । बुद्धले देखाएको शान्ति मार्गमा सवैजना हिड्नसके विश्वमा शान्ति छाउन समय नलाग्ने बुद्धमार्गीहरुको भनाइ छ ।

अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपाल सहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया अमेरिका लगायतका देशमा फैलिएका छन् ।

उनको संदेशलाई अनुसरण गर्दै कसैलाई चित्त दुखाउने काम गर्नु नहुने विभिन्न देशबाट नेपाल आएका बुद्धमार्गिहरु बताउँछन् । शान्तिका अग्रदुत गौतम बुद्धको देश भएकाले नेपाललाई शान्तिको देश भनिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);