आज २५६१ औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरि मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आज २५६१ औं बुद्ध जयन्ती, विविध कार्यक्रम गरि मनाईंदै

आज २५ सय ६१औँ बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम गरि भगवान गौतम बुद्धको सम्झना गरिदै, बुद्ध जन्मस्थल लम्बिनिमा विशेष समारोहको आयोजना हुँदै

आज २५६१ औं बुद्ध जयन्ती

काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । 

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो ।

३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्नुभएको बौद्ध दर्शनको खोज–अनुसन्धानमा लाग्नुभएका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);