इलाम सहित देशैभर बुद्ध जयन्ती मनाइँयो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

इलाम सहित देशैभर बुद्ध जयन्ती मनाइँयो

टीका खतिवडा, २७ बैशाख ,ईलाम ।
आज इलाम सहित देशैभर २५६१ औँ बुद्ध जयन्ती मनाइँदै छ । वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् बुद्धप्रति आस्था प्रकट गरी यो जयन्ती मनाइँदैछ । जिल्लाका गुुम्वा तथा बौद्ध धार्मिक स्थानहरुमा भेला भएर बौद्ध धर्मावलीहरुले यो पर्व मनाउने गर्दछन् ।

इलाम सहित देशैभर बुद्ध जयन्ती मनाइँयो

टीका खतिवडा, २७ बैशाख ,ईलाम ।

आज इलाम सहित देशैभर २५६१ औँ बुद्ध जयन्ती मनाइँदै छ । वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् बुद्धप्रति आस्था प्रकट गरी यो जयन्ती मनाइँदैछ । जिल्लाका गुुम्वा तथा बौद्ध धार्मिक स्थानहरुमा भेला भएर बौद्ध धर्मावलीहरुले यो पर्व मनाउने गर्दछन् । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

 

जिल्लाको माबुु, जमुुना, पशुपतीनगर लगायतका स्थानमा रहेका गुुम्वाहरुमा भेला भएर यो दिवश मनाइने गरेको वताइएको छ । यसैक्रममा इलाम सदरमुकाममा भेला भएका धर्मावलम्वीहरुले बौद्ध धार्मीक ग्रन्ध त्रिपिटक बोकेर चुरेघाँटी स्थित गुुम्वामा लगी राखेका थिए । इलाम ठुुलो टुँडिखेलमा भेला भएका उनीहरुले करिव तीन किलो मिटर पैदल हिँडेर सो त्रिपिटक गुुम्वामा पुु¥याएका थिए ।

 

लामाको पहिरनमा सजिएका उनीहरुले दिनभर पाठपुुजाआजा गरि भगवान बुुद्धलाई सम्झीएका थिए । आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

 

त्रिपिटक सहितको प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइएको थियो । यस अवसरमा सरकारले बुुधबारलाई सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);