आज २५६४ औँ बुद्ध जयन्ती, बेलुकी घरघरमा दिपावली गर्न प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज २५६४ औँ बुद्ध जयन्ती, बेलुकी घरघरमा दिपावली गर्न प्रधानमन्त्रीको आग्रह

buddha ko murti

काठमाडौं, २५ वैशाख । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५ सय ६४ औँ बुद्ध जयन्ती । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको स्मरण गरी मनाईदै छ ।

यो वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत ठाउँमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर पूजालगायत विधि मात्र पूरा गरिने भएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा सबैको समझदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रूप लिन सक्ने बताउँदै प्रधानमन्त्री ओलीले आज बेलुका ७ घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान समेत गर्नुभएको छ ।

साथै बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गर्नुभएको छ । यसैबीच आज चण्डी पूर्णिमा अर्थात् किराँत राई समुदायले मनाउने उभौली पर्व मनाइदैं छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जंगली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);