लकडाउनको आज ४५ औं दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लकडाउनको आज ४५ औं दिन

ktm

काठमाडौं, २५ वैशाख । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ४५ दिन पुगेको छ ।

जारीलकडाउनको ४५ औ दिन पुग्दा आजपनि काठमाडौं उपत्यकासहित देशैभरका शहर बजार सुनसान रहका छन् । नेपालमा कोरोना संक्रमण देखिन थालेपछि सकारले गत चैत ११ गतेबाट सुरु हुनेगरी पहिलो पटक लक डाउनको घोषणा गरेको थियो । तर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले पटक–पटक लकडाउन लम्व्याएको छ । पछिल्लो पटक लकडाउन थप गरेर सरकारले आगामी जेठ ५ गतेसम्म लम्व्याएको छ । लकडाउनका कारण अत्यावश्यक, मालबाहक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् । लामो समयदेखिको लक डाउनका कारणल दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई भने समस्या भएको छ ।

स्थानीय तहहरुले राहत वितरण गरिरहेपनि त्यो पर्याप्त नभएको लक्षित बर्गको गुनासो रहेको छ । लक डाउनको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले आग्रह गरेपनि काठमाण्डौका भित्रि सडक, तरकारी तथा दैनिक उपभोग्यका पसलहरुमा भिड देखिने गरेको छ । लकडाउनसँगै सामाजिक दुरी कायम गर्नुपर्ने भएपनि धेरै तरकारी पसल र दैनिक उपभोग्यका पसलहरुमा यसको प्रयोग भएको पाइदैन् । लकडाउनकै कारण शैक्षिक संस्थाहरु पनि सञ्चालनमा आउन सकेका छैनन् । प्रहरीले लकडाउन उलंघन गर्नेलाई कारवाही गरिरहेको छ ।

त्यसैगरी काठमाण्डौ उपत्यका बाहिर पनि लकडाउनको पूर्ण पालना गरिएको छ । बिभिन्न स्थानीय तहले खाद्य तथा तरकारी र फलफूल पसल खोल्नका लागि समय तालिका बनाएका छन । राजमार्ग पनि प्राय सुनसान रहेका छन । अत्याबश्यक बाहेक लामो दुरीका सवारी साधन चलेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);