आज लकडाउनको ३९ औं दिन, लकडाउन उल्लंघन गर्नेको संख्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आज लकडाउनको ३९ औं दिन, लकडाउन उल्लंघन गर्नेको संख्या बढ्दै

ktm

काठमाडौं, १९ वैशाख । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लक डाउनको शुक्रबार ३९ औं दिन पनि काठमाण्डौ उपत्यका सहित देशैभरका शहर बजार सुनशान रहेका छन् ।

गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनमा अत्यावश्यक र पास भएका सवारी साधनमात्रै सञ्चालनमा रहेका छन् । लक डाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुगेको भन्दै सरकारले वैशाख २५ गतेसम्मलाई लक डाउन थप गरेको छ । यद्यपी लक डाउन लम्बिदै जादा अहीले धेरैले लक डाउनको उलंघन गर्दै सवारी साधन सञ्चालन गरिरहेका छन । पछिल्लो समय सरकारले लक डाउनको कडाई गर्न निर्देशन दिएपछि काठमाडौंका विभिन्न चोकमा सवारीको चाप बढेको छ । शुक्रबार पनि प्रहरीले लक डाउन उलंघन गर्नेलाइ कारवाही गरिरहेको जनाएको छ ।

यस्तै काठमाण्डौ उपत्यका बाहिर पनि लकडाउनको कडाइका साथ पालना गरिएको छ । ७७ वटै जिल्ला र सातै प्रदेशका शहर बजार सुनसान छन् । जारी लकडाउनमा राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);