आठ कि.मि. हिडेर बैक पुग्दा पनि जेष्ठ नागरिकलाई भत्ता बुझ्न कठिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आठ कि.मि. हिडेर बैक पुग्दा पनि जेष्ठ नागरिकलाई भत्ता बुझ्न कठिन

dang

विकास डाँगी

दाङ, १९ वैशाख । दाङका बैंकमा सरकारद्धारा वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरुको भीड लागेको छ । सवारी साधन नचल्दा जेष्ठ नागरिकहरु लामो पैदल यात्रा गरेरै भत्ता लिन जान बाध्य भएका छन् । बैंकमा पनि भौतिक दुरी कायम नगरी भत्ता वितरण गरिएको भन्दै जेष्ठ नागरिकले गुनोसो गरेका छन् ।

जेष्ठ नागरिकले फागुनभित्र सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने हो । तर, दाङका जेष्ठ नागरिकले फागुनमै सामाजिक सुरक्षा भत्ता पाएनन् ।चैत्रमा लगत्तै लकडाउन भएपछि भत्ताको बारेमा जानकारी नपाएका पाकाहरु बैशाखमा जानकारी पाएपछि बैक पुगेका हुन् । तर, बैकमा लागेको भीडले उनीहरुलाई संक्रमण डर थपेको छ । सामाजिक सुरक्षा भक्ता लिन बैंकमा पुग्नु भएका जेष्ठ नागरिक खगराज पौडेलले भौतिक दुरीलाई व्यवस्थापन नगरेको गुनासो गर्नुभएको छ ।

तुलसीपुर उपमहानगरबाट १२ हजार १ सय ५९ जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन् । सामाजिक भत्ता लिन पुगेका जेष्ठ नागरिकहरुलाई भने सवारी साधन नचलेको बेला भत्ता लिन बैंक पुग्नु पर्दा कठिन भएको छ । सामाजिक सुरक्षा भत्ता रकम बुझ्न झण्डै ७÷८ किलोमिटरबाट पैदल हिडेर बैक पुग्नु पर्ने बाध्यता भएको जेष्ठ नागरिक मनिराम भण्डारीले बताउनुभयो ।

जेष्ठ नागरिक समाजसँग गरिएको छलफलले प्रत्येक बैकले बिहान ११ बजेदेखि १ बजेसम्म हप्तामा दुई दिन सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सहमति भएको छ । सहमतिको आधारमा बैंकहरुले सामाजिक सुरक्षा भत्ता वितरणको सूचना सार्वजनिक भएपछि बैंकमा ठूलो भीड लागेको हो । लकडाउनको बेला आर्थिक समस्या नपरोस् भन्नका लागि निकासा पठाइएको तु्ल्सीपुर उपमहारनगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले बताउनु भएको छ ।

लकडाउनको कारण जेष्ठ नागरिक, अशक्त अपांगहरुलाई निकै असहज भएको छ । बल्लतल्ल बैकहरुले सामाजिक सुरक्षा वितरण गरेपनि असक्त असाह्यका लागि सवारी सुविधासंगै बैकमा भौतिक दुरी कायम गर्न तिर जिम्मेवारहरुको ध्यान पुग्न आवस्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);