सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने

money

काठमाडौं, १६ जेठ । सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ ।

निर्वाचनको समयमा वृद्ध भत्ता बढाउने घोषणा गरे पनि सरकारले बजेट मार्फत सामाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा गरेको छ । निर्वाचनका बेला तत्कालिन नेकपा एमाले र माओवादीकेन्द्रको चुनावी घोषणापत्रमा बृद्धभत्ता बढाएर ५ हजार पुर्याउने उल्लेख थियो । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषणका क्रममा बृद्ध भत्ता बढाउनुको सट्टा ७० बर्ष माथिका नागरिककको एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने र बीमा शुल्क सरकारले नै ब्यहोर्ने नीति ल्याइएको बताए ।

हाल ७० वर्ष पुगेका जेष्ठ नागरिकले मासिक वृद्धभत्ता २ हजार रुपैंया पाउँदै आएका छन् । दलित जेष्ठ नागरिकले भने ६० वर्षदेखि नै भत्ता पाउँदै आएका छन । अर्थमन्त्री खतिवडाले कर्मचारीलाई महंगी भत्ता वापत २ हजार रुपैयाँ उपलब्ध गराइने बताए । त्यस्तै कर्मचारीको तलब पुनरावलोकन गर्न तलब आयोग गठन गरिने भएको छ ।

कर्मचारीलाई पोसाकवापत १० हजार रुपैयाँ दिने, २ लाख रुपैयाँको बिमा गर्ने, त्यसको ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने अर्थमन्त्री खतिवडाले बजेट भाषणका क्रममा उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);