नेपालले पायो आँखामा लाग्ने खस्रे रोगबाट उन्मुक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपालले पायो आँखामा लाग्ने खस्रे रोगबाट उन्मुक्ति

eye

काठमाडौं, १६ जेठ । आँखामा लाग्ने खस्रे रोग (ट्रकोमा) निवारण गर्ने देशको रूपमा नेपाल दक्षिण पूर्वी एसियाको पहिलो देश भएको छ । सन् २००२ देखि नेपालबाट ट्रकोमा हटाउने अभियान चलाएको नेपाल सरकार १६ वर्षको अथक मिहिनेतपछि ट्रकोमा निवारण गर्न सफल भएको हो ।

दक्षिण पूर्वी–एसियामा नेपाल पहिलो भएको भन्दै विश्व स्वास्थ्य संगठनले प्रमाणपत्र प्रदान गरेको छ । नेपालले गरेको उल्लेख्य प्रगतिको सम्मान गर्दै विश्व स्वास्थ्य संगठनले रोग निवारणको प्रमाणपत्र प्रदान गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले बताए ।

अन्धकार पराजित
संसारमै प्रमुख संक्रामक रोगको रूपमा रहेको ट्रकोमालाई पराजित गर्न नेपाल सफल भएको चिकित्सा अधिकारीले बताएका छन् । ‘अन्धकार पराजित गर्न नेपाल एसियामै सफल भएको छ,’ प्रमाणपत्र दिँदै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानम देभ्रेयुसले भनेका छन, ‘नेपालको उपलब्धि प्रशंसाजनक छ, सशस्त्र राजनीतिक प्रतिबद्धताको परिणाम, सभ्य समुदाय र प्रभावकारी नेतृत्वले आमजनमानसको भावनालाई कदर गरेको छ ।’

सन् १९८० मा नेपालमा अन्धोपनाको दोस्रो प्रमुख कारण आँखामा लाग्ने खस्रे रोग थियो । ‘नेपालको यो उपलब्धिले देखाउँछ कि राजनीतिक प्रतिबद्धता र निरन्तरको साझेदार समर्थनले जस्तोसुकै समस्या पनि समाधान हुन्छ । एउटा ठूलो उपलब्धिलाई नेपाल हात पार्न सफल भएकोमा विश्व समुदायले धन्यवादसमेत दिएको छ,’ उनले भनेका छन् ।

ट्रकोमा एक प्रतिशतभन्दा मुनि
नेपालले सन् २००२ देखि २००५ सम्म निरन्तर ट्रकोमा रोग नियन्त्रण अभियान कार्यान्वयन गरेको थियो, त्यसवेला नेपालमा ट्रकोमा समस्या पाँच प्रतिशतमाथि थियो । ‘ट्रकोमाविरुद्धको लडाइँले सरकारको प्रतिबद्धता र समुदायको सहयोग, समर्थन र स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सहयोगले गति लियो, यसले गर्दा नेपालबाट ट्रकोमा उन्मूलन भएको विश्व समुदायले मान्यता दियो,’ प्रमुख श्रेष्ठले भने । उनका अनुसार १ प्रतिशतभन्दा मुनि ट्रकोमा झरेपछि यसलाई निवारण भएको मानिन्छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);