सट्टेबाजी गर्ने पूर्वफुटबलरसहित ६ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सट्टेबाजी गर्ने पूर्वफुटबलरसहित ६ पक्राउ

pakrau

काठमाडौं, १६ जेठ । प्रहरीले सट्टेबाजी धन्दामा संलग्न आरोपमा पूर्वफुटबलर तथा प्रशिक्षक अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । केसीसहित गौरव तिवारी, निदेश बोगटी, विजय श्रेष्ठ, भूपेन्द्र कुँवर र नरेन्द्र सुवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले इन्टरनेटमार्फत भारतमा भर्खरै सम्पन्न आइपिएल टी–२० प्रतियोगितादेखि अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा सट्टेबाजी गर्दै आएका थिए । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अन्तर्राष्ट्रियस्तरका खेलमा सट्टेबाजीमार्फत करोडौँ लगानी गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए । उनले भने, ‘सट्टेबाजीमा संलग्न केही पक्राउ परेका छन्, केही फरार छन् । उनीहरूको पनि खाजी भइरहेको छ ।’ प्रहरीका अनुसार सट्टेबाजी धन्दामा गुन्डा नाइके दावा लामासमेत संलग्न छन् । तर, लामालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीका अनुसार लामाले पछिल्लो समय चेल्सी र लिभरपुलको फुटबल गेममा १६ लाख रुपैयाँभन्दा बढी बाजी थापेका थिए ।

प्रहरीका अनुसार भारतको गोवा निवासी अमृत अग्रवालसँगको संगतपछि यिनीहरूले नेपालमा पनि सट्टेबाजी चलाउन थालेको देखिन्छ । अग्रवालसँग मैतीदेवीका गौरव तिवारी लामो समय गोवामा सँगै बसेका थिए । सोहीक्रममा उनीहरूले गोवामै बसेर सट्टेबाजी गर्थे । पछि, अग्रवाल समूहसँग विवाद भयो र उनी नेपाल आए । सोहीक्रममा उनले आफ्नो संगत पूर्वफुटबलर अञ्जन केसीसँग बढाए । केसीकै सहयोगमा टिम बनाए । त्यसपछि अन्तर्राष्ट्रियस्तरका फुटबल तथा क्रिकेटमा सट्टेबाजी धन्दा चलाए । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);