मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विजयी

messi vs haiti

एजेन्सी, १६ जेठ । विश्वकपको तयारी स्वरुप भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले हैटीलाई चार शून्य गोलले अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनामा भएको खेलमा घरेलु टोलीका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे । खेलको १७ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको अर्जेन्टिनाका लागि ५८ औं मिनेटमा फेरि मेसीले गोल गर्दै टिमको अन्तर दुई शून्यमा पुर्‍याए ।

त्यसपछि ६६ औं मिनेटमा मेसीले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । ६९ औं मिनेटमा सर्जियो अगुइरोले मेसी कै पासमा गोल गर्दै अर्जेन्टिनालाई चार शून्यको जित दिलाए ।

अन्य खेलमा अमेरीकाले बोलिभियालाई तीन शून्यले हरायो भने मेक्सिको र वेल्सबीचको खेल गोलरहित बराबरीमा सकियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);