जुमानुको ह्याट्रिकमा पुलिस विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जुमानुको ह्याट्रिकमा पुलिस विजयी

jumanu rai-police

काठमाडौं, १ फागुन । विभागीय टिम नेपाल पुलिस क्लब शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको हो ।

पुलिसका लागि जुमानु राईले ह्याट्रिक गरे । खेलको ४९ औं मिनेटमा जुमानुले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । ५६ औं मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८५ औं मिनेटमा जुमानुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दै पुलिसलाई ३–० को सहज जित दिलाए ।

फ्रेन्ड्सविरुद्ध ह्याट्रिक गरेसँगै जुमानु यस सिजनको लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । जितसँगै पुलिस १३ खेलबाट २० अंकका बटुल्दै पाँचौ स्थानमा उक्लिएको छ । फ्रेन्ड्स भने १३ खेलमा १४ अंक जोडेर दशौं स्थानमा छ ।

आज हुने दोस्रो खेलमा एपीएफ र ब्रिगेड आमने सामने हुनेछन् । रेलिगेशनबाट जोगिएका दुवै टिम लिगको सुखद अन्त्य गर्ने दाउमा छन् । एपीएफ ८ अंक सहित तालिकाको १३ औं स्थानमा रहँदा समान अंक जोडेको ब्रिगेड १२ औं स्थानमा छ ।

आजै हुने अन्तिम खेलमा सरस्वती र संकटा भिड्नेछन् । यस सिजन रेलिगेशनमा परेको सरस्वती लिगको अन्तिम खेलबाट सुखद बिदाई लिन चाहन्छ । तर राष्ट्रिय लिग खेल्ने अभियानमा रहेको संकटालाई लिगको शीर्ष ६ को दौडमा कायम रहन जित निकाल्नै पर्ने दबाब छ । संकटा १५ अंक सहित नवौं स्थानमा छ । ४ अंक जोडेको सरस्वती तालिकाको पुछारमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);