इपान्योलमा भएको खेलमा बार्सिलोनाद्वारा इपान्योल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

इपान्योलमा भएको खेलमा बार्सिलोनाद्वारा इपान्योल पराजित

football

काठमाडौं, २३ मंसिर । बार्सिलोनाले इपान्योललाई ४–० को फराकिको गोल अन्तरले हराउँदै स्पेनिस ला लिगामा शीर्ष थानमा उक्लिएको छ ।

बार्सिलोनाको जितमा कप्तान मेसीले दुई गोल गर्दा लुइस वोज औसमान डेम्बेलेले समान एक एक गोल गेरेका थिए । खेलको १७ औं मिनेटमा कप्तान मेसीले गोल गर्दै खेलमा सुरूवाती अग्रता दिलाएका थिए ।

इपान्योलको मैदानमा भएको खेलमा २६ औं मिनेटमा मेसीकै पासमा डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर पुर्यायो । पहिलो हाफ सकिनै लाग्दा डेम्बेलेको पासमा लुईस सुओजले गोल गर्दै टिमलाई ३ –० को अग्रता दिलाए । दोसो हाफमा उतै आक्रमण बुनेको बार्सिलोनाले खेलको ६५ औं मिनेटमा मेसीले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

यसपछि कुनै पनि गोल भएन खेल बार्सिलोनाले ४–० को फराकिको अन्तले जित्यो । मेसीले दुवै गोल फिकिकबाट गरेका थिए । यो जितसँगै लिगमा बार्सिलोनाले १५ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);