ए डिभिजन लिग : एपीएफद्धारा सरस्वती ३–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिग : एपीएफद्धारा सरस्वती ३–० ले पराजित

sarswativsapf

काठमाडौं, २३ मंसिर । विभागीय टिम एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित हात पारेको छ । आइतवार ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफ क्लबले सरस्वती युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा रुपबहादुर लामाले दुई गोल र युवराज खड्काले एक गोल गरे । खेलको १७ औं मिनेटमा नै रुपबहादुरले गोल गर्दै एपीएफ क्बललाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा युवराजले गोल गर्दै एपीएपलाई २–० को अग्रतामा पुर्याए । खेलको ८८ औं मिनेटमा रुपबहादुरले नै व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० गोलको जित दिलाएका हुन् ।

जितसँगै एपीएफ क्लब लिगको सातौं स्थानमा उक्लिएको छ । सात खेल खेलेको एपीएफले १० अंक बनाएको छ । पराजित सरस्वती युथ क्लबको भने सात खेलबाट ६ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ । मनाङको ६ खेलबाट १८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको संकटा क्लबको सात खेलबाट १८ अंक नै रहेको छ । त्यस्तै, थ्रीस्टार भने लिगको तेस्रो स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);