थ्री स्टारले एपीएफलाई २-० ले हरायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

थ्री स्टारले एपीएफलाई २-० ले हरायो

काठमाडौं, १४ मंसिर । थ्री स्टार क्लबले ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबलाई पराजित गरेको छ । अखिल नेपाल फुटबल संघको फुटबल ग्राउण्ड सात दोबाटोमा शुक्रबार भएको खेलमा थ्री स्टारले एपीएफलाई २–०ले हराएको हो ।

थ्री स्टारका फरवार्ड रन्जन बिष्टले खेलको २५औं र ६६ औं मिनेटमा गरेको गोलले नै ललितपुरे क्लब थ्री स्टारले एपीएफलाई हराएको हो । खेलको २५ औं मिनेटमा रन्जनले सुनिल बलको पासमा पहिलो गोल गरेका थिए भने दोश्रो गोल भने व्यक्तिगत थियो ।

खेलको म्यान अफ दि म्याच समेत बनेका रन्जन बिष्ट थ्री स्टार आउनु अघि एपिएफ क्लबमा आबद्ध थिए । आजको जितसंगै थ्री स्टार क्लबले लिगको शीर्ष स्थानमा रहेकोे मनाङ मर्स्याङ्दीसंग अंक बराबर पनि गरेको छ ।

थ्री स्टारले ५ खेलबाट १२ अंक जोडेको छ भने एक खेल कम खेलेको मनाङको पनि १२ अंक नै छ । लिग तालिकामा थ्री स्टार दोस्रो स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा विभागीय टिम पुलिसले तेस्रो जित हात पारेको छ । न्युरोड टिम एनआरटीलाई ३-० ले पराजित गर्दै पुलिसले लिगको तेस्रो जित हाशिल गरेको हो । पुलिसलाई जित दिलाउन निर कुमार राईले दुई गोल र अभिषेक रिजालले एक गोल गरेका थिए ।

जितसंगै पुलिसले ५ खेलबाट १० अंक जोडेको छ । एनआरटीको भने यो चौथो हार हो । लिगको पुछारमा रहेको एनआरटीको जम्मा १ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);