ए डिभिजन लिग : थ्रीस्टारद्वारा हिमालयन शेर्पा २-० गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ए डिभिजन लिग : थ्रीस्टारद्वारा हिमालयन शेर्पा २-० गोलले पराजित

a division league

काठमाडौं, २२ पुस । लिग चरणको अन्तिम खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई २-० गोलले पराजित गर्दै प्रतियोगितामा तेस्रो बनेको छ । आइतवार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तेश्रो स्थानका लागि जित्नैपर्ने खेलमा थ्री स्टारका लागि बुद्ध चेम्जोङ र रन्जन विष्टले गोल गर्दै थ्री स्टारलाई तेश्रो स्थानमा सुरक्षित गरेका हुन् ।

खेलको २८ आैं मिनेटमा रन्जन विष्टको पासलाई सदुपयोग गर्दै बुद्धले थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन दुई मिनेट बाँकी छँदा रन्जनले काउन्टरमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

थ्री स्टारविरुद्व सुरुवातबाटै आक्रमक देखिएको हिमालयन शेर्पाले गोल गर्न भने सकेन । हारसंगै शेर्पाको शीर्ष ६ भित्र पर्ने सम्भावना समाप्त भयो भने १७ अंक सहित उ लिगको साताैं स्थानमा रहन पुग्यो ।

आइतवार नै भएको अर्काे खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ए डिभिजन लिगको अन्तिम खेलमा सहज जित निकाल्दै चौथो स्थान बनाएको छ । एपीएफ मैदान हल्चोकमा भएको खेलमा आर्मीले मछिन्द्र क्लबलाई ३० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले दुई गोल गरे भने थप एक गोल टंक बस्नेतले गरेका थिए । आर्मीले खेलको २९ औं मिनेटमा टंकको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ६२ औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई २ -० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा भरतले पेनाल्टीमा गोल गर्दै आर्मीलाई ३-० को सहज जित दिलाए । जितसंगै आर्मीले चौथो स्थानमा रहेर लिग सकाएको छ । यता मछिन्द्र भने ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);