ए डिभिजन लिग : थ्रीस्टारद्वारा संकटा पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिग : थ्रीस्टारद्वारा संकटा पराजित

काठमाडौं, २४ माघ । राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटालाई हराउँदै थ्री स्टार क्लबले जित निकालेको छ ।

शुक्रवार ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा भएको खेलमा थ्री स्टारले साविकको उपविजेता संकटालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अनन्तले गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा निर्णायक गोल गरे ।

खेलमा थ्री स्टारका बिक्रम लामा म्यान अफ दि म्याच चुनिए । जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले ११ खेलमा २० अंक जोडेको छ । पराजित संकटा ११ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);