ए डिभिजन लिग : शुक्रवार तीन खेल सम्पन्न, थ्रीस्टार, मनाङ र हिमालयनको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ए डिभिजन लिग : शुक्रवार तीन खेल सम्पन्न, थ्रीस्टार, मनाङ र हिमालयनको जित

A division league

काठमाडौं, २ फागुन । जारी शहिद स्मारक ए डिभिज लिग फुटबलमा थ्रीस्टार, मनाङ मस्र्याङदी र हिमालयन शेर्पा क्लवले जित निकालेका छन् । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा थ्रीस्टार क्लवले जित निकालेको छ ।

थ्रीस्टारले च्यासल युथलाई २–० गोल अन्तरले पराजित गरेको हो । थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मव्राले एक– एक गोल गरे ।

जितसँगै थ्री स्टारले लिगमा सुखद अन्त्य गरेको छ भने लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ । च्यासलले भने हारबाट सिजनको अन्त्य गरेको छ ।

यसैगरी शुक्रवार नै भएको अर्काे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

मनाङको जितमा निशान लिम्बुले खेलको ५७ औं मिनेटमा निर्णायक गोल गरे । मनाङले १३ खेलमा २८ अंक जोडेको छ । जावलाखेलले लिगको १३ खेलमा १९ अंक जोडेर छैटौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।

शुक्रवार नै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ । शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । शेर्पाको जितमा त्रिदेव गुरुङ र बिदेशी खेलाडी स्टेफन समिरले १–१ गोल गरे ।

एनआरटीका राजेश परियारले १ गोल गरेका थिए । शेर्पा क्लबले जितबाट यस सिजनको अन्त्य गरेको छ । जितसंगै शेर्पा क्लब १३ खेलमा १४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ । एनआरटी १५ अंक सहित नवौं स्थानमा यथावत रह्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);