म्यानचेस्टर सिटीमाथि दुई सिजनको प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

म्यानचेस्टर सिटीमाथि दुई सिजनको प्रतिबन्ध

man city banned

एजेन्सी, ३ फागुन । म्यान्चेष्टर सिटीलाई युरोपियन क्लब प्रतियोगितामा आगामी दुई सिजन खेल्न प्रतिबन्ध लागेको छ । युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको हो ।

फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको बताइएको छ । निर्णयबिरुद्द सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ । सिटीले निर्णयले आफु निराश भएपनि कुनै अचम्मित नभएको बताएको छ ।

सिटीले प्रायोजन बापतको झुटो रकम देखाएको युईएफएले जनाएको छ । प्रायोजन बापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युईएफएमा बुझाएको युईएफएले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

पछिल्लो प्रतिबन्धसंगै सिटीले आगामी दुई सिजन च्याम्पियन्स लिग खेल्न पाउने छैन । गत सिजनमात्र च्याम्पियन्स लिगबाट ८६ मिलियन पाउण्ड आम्दानी गरेको सिटीले दुई बर्ष च्याम्पियन्स लिगमा सहभागी हुन नपाउने भएपछि कम्तिमा १ सय ७० मिलियन पाउण्ड रकम गुमाउने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);