म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध फुकुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध फुकुवा

एजेन्सी, २९ असार । इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि युरोपेली प्रतियोगितामा लागेको दुई वर्षे प्रतिबन्ध फुकुवा भएको छ ।खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स कासले सिटीमाथि लागेको प्रतिबन्ध सोमबार फुकुवा गरेको हो ।

युरोपियन फुटबल महासंघ यूईएफएले प्रिमियर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो । सन् २०१२ देखि १६ सम्म यूईएफएले आर्थिक आचारसंहिताको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाएको थियो ।

यूईएफएको निर्णय विरुद्द सिटीले खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसनमा गरेको अपिलको सोमबार सुनुवाई भएपछि यूईएफएको निर्णय उल्टीएको हो । कासले सिटीले आर्थिक आचारसंहिता उल्लंघन नगरेको ठहर गरेको हो ।

प्रतिबन्ध फुकुवासँगै सिटीले च्याम्पियन्स लिग खेल्न पाउने भएको छ । कासले सिटीको जरिवाना समेत कम गरेको छ । सिटीले अब १ करोड युरो जरिवाना तिर्नु पर्नेछ । यसअघि यूईएफएले सिटीलाई ३ करोड युरो जरिवाना तोकेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);