कोरोना भाइरस महामारीपछि फ्रान्समा पहिलो पटक दर्शकसहितको फुटबल खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना भाइरस महामारीपछि फ्रान्समा पहिलो पटक दर्शकसहितको फुटबल खेल्दै

एजेन्सी, २९ असार । फ्रान्स सरकारले लकडाउन खुकुलो पारेर खेल मैदानमा ५ हजारसम्म दर्शक उपस्थित हुन पाउने नियम लागू गरेपछि फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन र ला हाभ्रे बीचको मैत्रीपूर्ण खेल दर्शकले मैदानमा उपस्थित भएर हेरेका हुन् । मार्चपछि पहिलो पटक दर्शकसहित खेलिएको खेलमा पीएसजीले ला हाभ्रेलाइ ९–० को फराकिलो अन्तरबाट हरायो ।

पीएसजीको फराकिलो जितमा माउरो इकार्डी, नेमार र पाब्लो सराबियाले २–२ गोल गरे भने किलिएन एमबाप्पे, इड्रिसा गुए र अर्नाउड कालिमुएन्डोले १–१ गोल गरे । ला हाभ्रेको घरेलु मैदान स्टेड ओसिएनमा भएको खेलमा फ्रान्सका खेलकुद मन्त्री रोक्साना मारासिनेउनु सहित ५ हजार दर्शक उपस्थित थिए । कोरोनाका कारण फ्रान्समा मार्चदेखि फ्रान्समा फुटबल रोकिएको थियो ।

महामारीकै कारण फ्रेन्च लिग वान अप्रिलमा अन्त्य भएको घोषणा गर्दै लिग लिडर पीएसजीलाई नै च्याम्पियन घोषणा गरिएको थियो ।पीएसजीले २०१९–२० सिजन अन्तर्गत नै फ्रेन्च कप र लिग कपको फाइनल खेल्न बाँकी छ । यस्तै च्याम्पियन्स लिग क्वाटरफाइनलमा एटलान्टासँग अगष्टमा खेल्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);