फ्रेन्च कपको उपाधि पीएसजीले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फ्रेन्च कपको उपाधि पीएसजीले उचाल्यो

काठमाडौं, १० साउन । पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको छ ।

शुक्रबार राति भएको खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १–० गोल अन्तरले पराजित गर्दै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो ।

पीएसजकोे जितमा खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो । ३१ औं मिनेटमा रातो कार्ड खाएर पेरिन मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

यो जितसँगै पिएसजीले १३ औं पटक कपको उपाधि जितेको हो । यो खेलका लागि रंगशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो ।

गत अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);