आईपीएल टी–२० क्रिकेट सेप्टेम्बर १९ बाट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आईपीएल टी–२० क्रिकेट सेप्टेम्बर १९ बाट सुरु हुने

ipl postponed

एजेन्सी , १० साउन । २०२० को इण्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेट प्रतियोगिता सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएई हुने भएको छ । आईपीएलका गभर्निङ परिषद्का अध्यक्ष ब्रिजेस पटेलका अनुसार फाइनल नोभेम्बर ८ वा १० मध्ये एक दिन हुने भएको हो ।

वर्षको टी–२० विश्वकप स्थगित भएसँगै आईपीएलका लागि बाटो खुलेको थियो । भारतीय क्रिकेट कान्ट्रोल बोर्डले आइपिएल युएईमा आयोजना गर्न सरकारसँग अनुमति मागेको छ ।

आईपीएलका खेल युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सरहमा हुनेछन् । पटेलका अनुसार आइपिएलको आयोजनाको मितिलाई केहि दिनमै अनुमोदन गरिनेछ। प्रतियोगिताका लागि सबै फ्रेञ्चाइज टिमलाई स्वास्थ्य सुरक्षा सहित तयारी अवस्थामा रहन भनिएको छ ।

युएईमा हुने आईपीएलको फाइनल नोभेम्बर ८ मा भए ५१ दिनमा ६० खेल हुनेछन् । आइपिएल लगत्तै भारतले अस्ट्रेलिया भ्रमण गर्ने तय छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);