आईपीएल टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

आईपीएल टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक

एजेन्सी,२२ भदाै । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आइतबार १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

सेप्टेम्बर १९ मा अबुधाबीमा हुने उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । यस्तै दोस्रो दिन नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ ।

तेस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दा चौंथो खेलमा राजस्थान रोयल्सले चेन्नईसँग खेल्नेछ । यस्तै पाँचौ खेलमा कोलकत्ता नाइटराईडर्सले मुम्बईसँग खेल्नेछ ।

कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । लिग चरणको २४ खेल दुबईमा हुनेछ। यस्तै २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ । प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने सार्वजनिक गरिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);