प्रिमियर लिग फुटबलको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रिमियर लिग फुटबलको खेल तालिका सार्वजनिक


पहिलो खेलमा लिभरपुल र लिड्स युनाइटेड भिड्ने

एजेन्सी, ४ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । इंग्लिस प्रिमियर लिग इपिएलले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार आगामी सेप्टेम्बर १२ देखि सुरुहुने २०२०–२१को सिजनमा साविक विजेता लिभरपुलले पहिलो खेलमा यो सिजनमा शिर्ष डिभिजनमा उक्लिएको लिड्स युनाइटेडसँग खेल्नेछ ।

यस्तै लिगको पहिलो खेलमा क्रिस्टल प्यालेस र साउथह्याम्टन खेल्ने भएका छन । दोस्रो खेल फुलहाम र आर्सनलबीच हुनेछ । लिगको पहिलो दिन ६ वटा खेल हुनेछन् । जसमा टोटनह्यामले एभर्टनसँग खेल्नेछ भने वेष्ट ब्रसमले लेस्टर तथा वेष्ट ह्यामले न्यूक्यासलसँग खेल्नेछ ।

पहिलो दिनको खेलमा म्यानचेस्टर युनाइटेड र सिटीको खेल राखिएको छैन । उनीहरुले युरोपियन प्रतियोगिता खेलेकाले अरु टिमको तुलनामा दुई दिन बढि आराम दिइएको छ । पहिलो चरणमा युनाइटेडले र बर्नली तथा सिटी र एस्टोन भिल्लाको खेल सारिएको छ । त्यसको मिती तय भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);